HomeUncategorized

इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम

इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम

काठमाडाै- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट
नेपालकाे पार्टी एसद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा
डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहरा पुनर्निर्माण कार्य रोकियो

काठमाडाै- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।
सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको मूल्य बढ्दै गएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्छ। मूल्य बढेको भन्दै नेपाल आयल निगमले थप इन्धन किन्न नसक्ने अवस्था आएको बताएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ मा प्रतिव्यारेल ७० डलर रहेको तेलको मूल्य अहिले झन्डै दोब्बर भएको छ। २०२० अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ४१ डलर थियो भने २०१९ मा ६४ डलर । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएको हो । तीनवटा तेल उत्पादक गर्ने देशहरूमध्ये रुस एउटा मुख्य देश हो । आजको कारोबार दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:3