HomeNetworking

विदेशमा कमाउने आम्दानी बाख्रा पालन व्यवसायबाट नेपालमै

विदेशमा कमाउने आम्दानी बाख्रा पालन व्यवसायबाट नेपालमै

काठमाडाै- कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका

सिवाईसीको आईपीओ आजदेखि बिक्री खुल्ला
चोभारकाे सुक्खा बन्दरगाह तयार भयो, ५०० ओटा कन्टेनर अट्ने
मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?

काठमाडाै- कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । साथै बाख्रा पालक किसानको अध्ययनस्थलसमेत बनेको छ ।

विसं २०६८ मा जग्गा धितो राखेर बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी बाख्रा पालन सुरु गरेका भकिम्लीका श्रीषको बाख्रा फार्ममा अहिले रु एक करोड बढीका बोयर बोका र बाख्रा छन् । उनको फार्ममा साढे तीन लाख मूल्यपर्ने बोएर बोका छन् । दुईवटा गोठमा रहेका खैरो र सेतो रङ मिसिएका बोका, बाख्रा र पाठापाठीको बजार मूल्य अहिले रु १ करोडभन्दा बढी रहेको । श्रीष पशुपालन तथा बहुद्देश्यीय कृषि फार्मका सञ्चालक श्रीषले बताए। उनका अनुसार फार्ममा सतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन् ।

एकदशक अगाडि खाडीबाट रित्तो हात गाउँ फर्किएका श्रीष बाख्रा पालेर नै करोडपति बनेको छिमेकीले बताएका छन् । कतारको अन्तर्राष्ट्रिय ढुवानी कम्पनीमा काम गर्दासमेत कमाइ गर्न नसकेपछि उहाँ गाउँ फर्किएका थिए । विदेशको धनले उँभो लाग्न नसकेपछि गाउँमा फर्किएका उनले छिमेकी घरको आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट व्यावसायिक बाख्रापालनको सोच बनाएको बताए ।

सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका व्यवसायी श्रीषको सोच अनुसार लगानी जुट्न नसकेपछि स्थानीय जातका बाख्रामा क्रस गदै व्यसायलाई अगाडि बढाए । यसरी हिम्मत नहारीकन बाख्रा पालन सुरु गरेका श्रीषले एक दशकको अवधिमा (२०६८ देखि २०७८ सम्म) बाख्रा बिक्री गरेर ऋण तिर्नुका साथै लाखौँ रुपैयाँ कमाउन सफल भएको जानकारी दिए ।

अहिले उनको बाख्रा फार्म बोएर बाख्राको स्रोतकेन्द्र बनेको छ । श्रीष अहिले बाख्रापालनबाट करोडपति बनेका छन् । “गतवर्ष रु ३५ लाखको बोएर बिक्री गरेकोमा यसवर्ष करिब रु ५० लाखको बिक्री गर्ने लक्ष्य रहेको छ” उनले भने, “बोएरको विशषेता नै छिटोछिटो बढ्नु र हुर्कनु हो, महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ ।”

नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजकसमेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई समेत तालिमसहित आवश्यक सहयोग गर्ने गरेका छन् ।

एक वर्षमा १०० भन्दा बढी बोएर पु¥याउने र आधा दशकभित्र वार्षिक करोडको आम्दानीको नजिक पुग्ने गरी कडा मेहनत गरिरहेको बताउने श्रीषको फार्ममा अहिले ५५ वटा बोयर बाख्रा छन् । नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि सङ्घसंस्था र किसानसमेत आउने गरेका छन् ।

उनले माग अनुसार पूरा गर्न नसकेको बताउँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए । बाख्रापालकको हकहितका लागि स्थापना भएको संस्थामासमेत आवद्ध भएपछि उनको व्यवसाय अहिले देशैभर फैलिएको छ । हाल श्रीषको फार्ममा डेढलाखदेखि साढे ३ लाखसम्मको ३० माउ, २ बोका र २२ पाठापाठी छन् ।

बोएर बाख्राका लागि श्रीषले करिब ६० रोपनी जमिनमा घाँसखेती समेत गरेका छन् । श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेको बताउँछन् । अर्का किसान बेनपा–६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पनि बाख्रा पालेर मनग्गे आम्दानी गर्ने किसानमा पर्छन् । पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताएका मल्लले विदेशको सपना त्यागेर आफ्नै गाउँठाउँमा केही गर्ने सोचमा स्थानीय जातका बाख्राबाट सुरु गरेको व्यवसायलाई बढाएर अहिले बोएर जातका बाख्रापालन गरेका छन् ।

करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ८० लाखभन्दा बढीका बोएर छन् भने ठूलो क्षेत्रफलमा उन्नतजातको घाँससमेत लगाएको उनले बताए । वार्षिक रु १४ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाइ छ । उनको फार्ममा तीन लाखसम्म पर्ने बोएर बोका छन् ।

उनले छिमेकी र बाँझो जमिन भाडामा लिएर घाँस समेत विस्तार गरेका छन् । पछिल्लो समय बोएर जातको बाख्रापालनमा युवाको आर्कषण देखिएको छ । उता बेनपा – ६ का वडाध्यक्ष कृष्णसिङ बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडि बढेकाले आवश्यकता अनुसार सहयोग गर्ने गरिएको बताए ।

जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि र पशुपालनको लहर चलेको छ । स्थानीय तहको तथ्याङ्क अनुसार जिल्लाभरी करिब २०० भन्दा बढी युवाले व्यावसायिक तरकारी खेती र पशुपालन गरिरहेका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0