HomeAI & ML

सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन: अभिनेत्री मिरुना मगर

सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन: अभिनेत्री मिरुना मगर

काठमाडौं- अभिनेत्री मिरुना मगरले गत साता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबा

गायिका इन्दिरा जोशीको बिहे मंगलबार
चलचित्र क्षेत्रकाे लागि इतिहासकै कालो बर्ष: चलचित्र समिक्षा २०७७
बिश्वकै ठुलो फिल्म अवार्ड “९३ औं ओस्कर अवार्ड” को मनोनयन सार्वजनिक (सम्पुर्ण उत्कृष्ट सुची सहित)

काठमाडौं- अभिनेत्री मिरुना मगरले गत साता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् ।

उनले गलत दुर्व्यवहारका विरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपील समेत गरेकी छन् । उनी भन्छिन् ‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’ ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन,’।

जेठ १५ गते सिभिल मलको कफी सपमा फुर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फुर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग एक कार्यक्रममा सबै माझ माफीसमेत मागेका थिए । मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएपछि विवाद सान्त भएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0