HomeBlockchain

मासिक शुल्क ३३३ रुपैयाँख फाइबर इन्टरनेट

मासिक शुल्क ३३३ रुपैयाँख फाइबर इन्टरनेट

काठमाडौं- ‘वाई-फाई नेपाल’ नामक नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीले आजदेखि आफ्नाे सेवा सुरु भएको छ । पछिल्लाे समय इन्टरनेट सेवा प्रदायकबीच स्पिड वारको

३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन
टिक टक के व्याक्ति र गित हिट बनाउने उपयुक्त ठाउँ हाे?
साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने

काठमाडौं- ‘वाई-फाई नेपाल’ नामक नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीले आजदेखि आफ्नाे सेवा सुरु भएको छ । पछिल्लाे समय इन्टरनेट सेवा प्रदायकबीच स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला सबैभन्दा सस्तो प्याकेजको इन्टरनेटसहित वाई-फाई नेपालले औपचारिक रूपमा आफ्नो सेवाको सुरूवात गरेको हो ।

‘वाई-फाई नेपाल’ नामक नयाँ इन्टरनेट कम्पनीले ३० र ५० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराएकाे छ । वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

यस्तै, ५० एमबीपीएस इन्टरनेट प्याकेज लिने उपभोक्ताले जडान गर्दा एक महिनाको शुल्क ५ सय ५० रुपैयाँसहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क बुझाउनुपर्ने हुन्छ । इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुनेगरी कम्पनीले आगामी दिनमा थप सस्ता प्याकेज घोषणा गर्ने तयारी गरेको कम्पनीले जनाएकाे छ । हाल काठमाडाैकाे सबै ठाउँमा सेवा रहेकाे कम्पनिले जनाएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0