HomeGadgets & Reviews

सानेपामा र बूढानीलकण्ठ पनि हैजा

सानेपामा र बूढानीलकण्ठ पनि हैजा

काठमाडौं - तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्

आफ्ना बच्चाहरूलाई सिकाउनु पर्ने कुराहरू?
यी राेगी लागि लसुन उपयाेगी?
१२ देखि १७ वर्ष उमेर समूहका लागि मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

काठमाडौं – तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ।

काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो। काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो। कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0