HomeNetworking

एकै वर्ष थपिए ७ लाख करदाता

एकै वर्ष थपिए ७ लाख करदाता

काठमाडाै- एक वर्षको अवधिमा करिब ७ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचा

तरकारीको भाउ बढ्याे, केमा कति?
युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
इमर्जिङ्ग नेपालको आईपीओमा खुल्याे

काठमाडाै- एक वर्षको अवधिमा करिब ७ लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ । यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन् । यो सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0