HomeNetworking

कोरिया र इजरायलको रोजगारीले रेमिट्यान्स बढ्ने

कोरिया र इजरायलको रोजगारीले रेमिट्यान्स बढ्ने

काठमाडाै- आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः

फागुन २ गतेदेखि ग्रीन भेन्चर्सले आईपीओ निष्काशन गर्दै
इपिएस पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन
सेयर बजारमा उछाल, लगानीकर्ता बढे?

काठमाडाै- आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया र हालै सुरु भएको इजरायल जाने नेपालीले मासिक औसत २ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका कारण पनि आगामी दिनमा नेपाल आउने रेमिट्यान्स वृद्धि हुने देखिएको हो।

चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समा सामान्य वृद्धि भएको देखिए पनि इजरायलको रोजगारी सुरु भएको र कोरियाको भाषा परीक्षा भइरहेका कारण आगामी वर्ष रेमिट्यान्स वृद्धि हुने भएको छ । इजरायलको रोजगारी ६ महिनापछि पुनः सुरु भएसँगै थप ९०० नेपाली साउनको दोस्रो साताबाट इजरायल जाने वैदेशिक रोजगार विभागमा निर्देशक श्रीचन्द्र साहले बताए। इजरायल जाने युवाको सबै प्रक्रिया पूरा गरेर भिसा प्राप्त भए लगत्तै सातामा २ वटा उडानमार्फत छनोट भएका सबै युवालाई पठाउने तयारी गरिएको छ ।

याे खबर आजको कारोबार दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0