HomeNetworking

इपिएस पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन

इपिएस पास गरेकालाई तत्काल कोरिया पठाउन निर्देशन

काठमाडौं- कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।संघीय

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट सोमबार, १.३ प्रतिशतले मात्रै शेयर पाउने
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन, मूल्यसमेत खुलाइएन
सयपत्री हाइड्रोपावरको आईपीओमा आजदेखि

काठमाडौं- कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

इपिएस भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार जना नेपाली दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो । सोही उजुरीमाथि आइतबार छलफल गरेको समितिले श्रम, रोजगार मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको हाे ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0