HomeNetworking

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

काठमाडाै- नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन

फागुन २ गतेदेखि ग्रीन भेन्चर्सले आईपीओ निष्काशन गर्दै
दोर्दी खोलाको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँले वृद्धि

काठमाडाै- नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।

समितिका अनुसार अहिलेसम्म अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकोमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् । दुईवटा कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

बीमा क्षेत्रकै पहिलो मर्जर एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको संयुक्त कारोबार आइतबारदेखि सुरु भइसकेको छ । बीमा समितिले तोकेको न्युनतम दुई अर्ब ५० करोड पुँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ । कम्पनीले प्रिमियमका साथै आम्दानीबाट २६ करोड रुपियाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्तापुँजी दुई अर्ब ५० करोड रुपियाँ कायम गर्ने भएको छ ।

आजको दैनिकमा पत्रपत्रिकामा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1