HomeCybersecurity

रवि लामिछानेले सिधाकुरा जनता सँग गर्दै

रवि लामिछानेले सिधाकुरा जनता सँग गर्दै

काठमाडाै- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज जनतासँग सिधा कुरा गर्ने भएका छन् । लामिछाने नेतृत्वको पार्टीले गृह मन्त्रालय न

रेखा थापा पराजित, लिङ्देन राप्रपाको अध्यक्षमा विजयी
अध्यक्ष प्रचण्डले पेश गरे पार्टीको नाम फेर्ने एजेण्डा
घट्न थाल्यो संक्रमण र मृत्यु, लकडाउन खुल्छ?

काठमाडाै- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज जनतासँग सिधा कुरा गर्ने भएका छन् । लामिछाने नेतृत्वको पार्टीले गृह मन्त्रालय नपाए पछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । बैठकपछि सभापति लामिछानले संयुक्त पत्रकार सम्मेलन गर्ने र जनतासँग सिधाकुरा गर्ने फेसबुक मार्फत जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने पक्षमा छन् । गृह मन्त्रालय लामिछानेलाई दिएमा स्वार्थ बाझिने भएकाले अन्य कुनै मन्त्रालयमा पार्टीकै सांसदलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् । तर, लामिछाने भने गृह मन्त्रालयमै गैरसांसदको रूपमा आफूलाई पठाउन दबाब दिँदै आएका छन् ।

चितवन २ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0