HomeNetworking

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड,५ लाखले पाए ६० कित्ता

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड,५ लाखले पाए ६० कित्ता

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल

ग्रीन भेन्चर्सको शेयर ओपनिङ्ग रेञ्ज?
१५ महिनादेखि कोरिया रोजगारी बन्द हुदाँ १० हजार अन्योलमा
चोभारकाे सुक्खा बन्दरगाह तयार भयो, ५०० ओटा कन्टेनर अट्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो । आईपीओ फर्ने सबैले मा सेयर पाएका छन् ।

इन्फ्रास्ट्रक्चर बैंक बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार १० देखि ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आबेदन दिने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको हाे ।

साधारण शेयर (आईपीओ) ५० कित्ता भन्दा बढी आवेदन गर्नेले गोलाप्रथाबाट अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् । बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापटलले जनाएको छ ।

हाल इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । अब ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1