HomeNetworking

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउन एक गतेदेखि लागु हुने

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, साउन एक गतेदेखि लागु हुने

काठमाडौं- सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
बैंकलाई छाडेर अरूलाई ब्रोकर लाइसेन्स दिइँदै
असार १५ गतेदेखि आईपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

काठमाडौं- सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९ सय ७५ रुपैयाँ छ । राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ छ ।

सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५ सय ८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६ सय ५२ रुपैयाँ र मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ तलब छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0