HomeCybersecurity

नवलपुरबाट पहिलो तस्बिर सार्वजनिक, काठमाडौं आउँदै नेत्रविक्रम चन्द

नवलपुरबाट पहिलो तस्बिर सार्वजनिक, काठमाडौं आउँदै नेत्रविक्रम चन्द

काठमाडौँ-नेकपाका महासचिव नेत्रविक्रम चन्द पहिलाे पटक नवलपुरबाट सार्वजानिक भएका छन् । चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सह

प्रचण्डले गरे कारवाही माग
नेपाल पक्षले सर्वोच्चमा दायर भएको रिट फिर्ता नलिने
सबै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

काठमाडौँ-

नेकपाका महासचिव नेत्रविक्रम चन्द पहिलाे पटक नवलपुरबाट सार्वजानिक भएका छन् । चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् ।

उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन् ।

नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए। प्रहरी स्कटिङमा आजै काठमाडौं पुगेर प्रधानमन्त्री केपी ओली सँग उनले राष्ट्रिय सभागृहमा संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गरेका थिए । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0