HomeCybersecurity

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

काठमाडाै- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।

छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री केपी ओली
रेखा थापा पराजित, लिङ्देन राप्रपाको अध्यक्षमा विजयी
रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

काठमाडाै- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् ।

आजको नागरिकदैनिकमा प्रकाशित छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0