HomeUncategorized

अब नयाँ अर्थमन्त्री काे? सेयर मार्केटमा कस्ताे असर पर्ला?

अब नयाँ अर्थमन्त्री काे? सेयर मार्केटमा कस्ताे असर पर्ला?

काठमाडाै- गत जेठ १४ गते बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई छिराएको अभियोग लाग्दै आएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा

यी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश
नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस
एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, मेटमणि चौधरी शहरी विकास

काठमाडाै- गत जेठ १४ गते बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई छिराएको अभियोग लाग्दै आएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थमन्त्री को बन्ला भन्ने चर्चा चल्न थालेको छ । ५ दलिय गठबन्धन सरकारले अर्थ मन्त्रालयको भाग नेकपा माओवादी केन्द्रमा परेकाले अबको अर्थमन्त्री पनि केन्द्रकै हुने चर्चा चल्न थालेको छ ।

शर्माको बिकल्प वर्षमान पुन हुन सक्ने नेकपा माओवादी केन्द्रका एक नेताले बताए । ‘केन्द्रमा अर्थतन्त्र बुझेको व्यक्ति पुन मात्रै भएकाले शर्माको विकल्प पुन मात्रै हुन्,’ ती नेताले भने ।

अहिले नेकपा माओवादी केन्द्रमा शर्माको बिकल्प खोज्न थालिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थमन्त्रीको बिकल्प खोज्न थालेका छन् ।

शर्माको बिकल्पमा केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई ल्याउने तयारी गरेका छन् । पुनलाई अर्थमन्त्रीको जिम्मेवार दिनु पर्ने माओवादी केन्द्र भित्रबाटै लबिङ सुरु भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषय बाहिर आएपछि शर्माको पार्टी भित्रै र बाहिर पनि आलोचना हुँदै आएको थियो । शर्मालाई लागेको आरोपको विषयमा छानविन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0