-संगम अधिकारी,काठमाडौ,हिजो सनिबार राती सम्पन्न "१० औ, नेफ्टा फिल्म अवार्ड२०७५" मा बिपिन कार्की र मेनुका प्रधानले बर्ष २०७५ को सर्बोत्कृष्ट नाय
-संगम अधिकारी,
काठमाडौ,
हिजो सनिबार राती सम्पन्न “१० औ, नेफ्टा फिल्म अवार्ड२०७५” मा बिपिन कार्की र मेनुका प्रधानले बर्ष २०७५ को सर्बोत्कृष्ट नायक-नायिकाको अवार्ड जितेका छन्। सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको भब्य कार्यक्रम ३ बजे सुरु हुने भनिएपनि उपराष्ट्रपतिको आगमनमा बिलम्बका कारण ढिलाई भएको थियो।
बिपिन कार्कीले फिल्म ‘प्रसाद’ र मेनुका प्रधानले फिल्म ‘साईली’ बाट अवार्ड पाएका हुन। उता चलचित्र ‘छक्का पन्जा ३’ ले बर्ष २०७५ को उत्कृष्ट फिल्मको अवार्ड पाउँदा दिपाश्री निरौलाले यसै फिल्म बाट उत्कृष्ट निर्देशनको अवार्ड पाईन। अनमोल केसि र साम्राज्ञि राज्यलक्ष्मी शाह बर्षकै पपुलर नायक नायिका बने।
उत्कृष्ट नव-नायकको अवार्ड धिरज मगरले फिल्म ‘ईन्टु मिन्टु लन्डनमा’ बाट पाउँदा सुहाना थापाले ‘ए मेरो हजुर ३’ बाट उत्कृष्ट नव-नायिकाको अवार्ड जितिन्। कार्यक्रममा भुवन केसि, निरुता सिंह, करिश्मा मानन्धर, गौरी मल्ल, सुनिल थापा, बिजय लामा, दिपाश्री निरौला, रेजिना उप्रेती, जितु नेपाल, पल शाह, धिरज मगर, पुष्प खड्का, नम्रता श्रेष्ठ, साम्राज्ञि राज्यलक्ष्मी शाह, सुहाना थापा, सारुक ताम्राकार, सलोन बस्नेत, रिस्ता बस्नेत आदि कलाकारहरु उपस्थित थिए।
कार्यक्रममा बिवाह पछि भारत बस्दै आएकी बिपना थापा समेत उपस्थित थिईन। उनी १४ बर्ष सम्म नेपाली फिल्मको कार्यक्रममा कसैले पनि नबोलाएको तर नेफ्टाले बोलाएको भन्दै भाबुक हुदै रोईन। निरुता सिंह पनि अवार्ड कै लागि भारत बाट आएकी हुन। सोल्टी क्राउन प्लाजामा सम्पन्न कार्यक्रममा राजेश हमाल, अनमोल केसि, प्रदिप खड्का, पुजा शर्मा, बर्षा राउत, आचल शर्मा आदि अहिलेका चर्चित नायक नायिका भने सहभागी देखिएनन्।
दशौ, नेफ्टा फिल्म अवार्ड २०७५ का सम्पुर्ण बिजेताहरु:
मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)
गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३
कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना रङ
संयोजन : अर्जुन कार्की (हरी)
आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं) छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३



COMMENTS