HomeNetworking

ग्रीनलाइफ हाइड्रोपावरको शेयर भोलिदेखि कारोबार

ग्रीनलाइफ हाइड्रोपावरको शेयर भोलिदेखि कारोबार

काडमाडाैं-नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावर (GLH) को शेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीक

भिजन लुम्बिनी उर्जाको आईपीओमा खुल्याे?
युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट, करिब २२ लाखकाे हात खाली

काडमाडाैं-

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीनलाइफ हाइड्रोपावर (GLH) को शेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएकाे छ। कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ।
त्यस अनुसार मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0