HomeNetworking

फागुनमा मात्रै ४ डिम्याट खाता थपिएका, डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख

फागुनमा मात्रै ४ डिम्याट खाता थपिएका, डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारण

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
सराङकोट र फेवाताललाई जोड्ने केबलकारको निर्माण सम्पन्न
सिवाईसीकाे आईपीओ बैशाख २ गतेदेखि

डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ । उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ ।

फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिएध्रसर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आईपीओतर्फको आकर्षण बढाएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छध्र माघमा मेरो सेयर प्रयोगकर्ता तीन लाख तीन हजार ३२४ थपिएकामा फागुनमा तीन लाख ३७ हजार ४४४ थपिएका थिए ।

 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0