HomeUncategorized

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ: भीम रावल

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ: भीम रावल

काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको

‘एक्सन’ मा मेयर हर्क साम्पाङ, खाने पानीको मुहान पुगे
भारतबाट घटेर आयो पेट्रोल मूल्य, निगमले के गर्ला?
मूर्ति चोरी गरी ठमेलबाट डल्लुतर्फ जाँदै गर्दा दुईजना पक्राउ

काठमाडौं-

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए ।

अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? लगायतका विषयमा स्पष्टीकरण सोध्ने उनले बताए । ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भने ।

माधव नेपाल समूह प्रधानमन्त्री वलीसँग संसद बिघटन गरे देखी असन्तुस्त जनाउदै आएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0