HomeUncategorized

नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या २ करोड ९१ लाख

काठमाडौं- नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड

अब नयाँ अर्थमन्त्री काे? सेयर मार्केटमा कस्ताे असर पर्ला?
पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी
एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, मेटमणि चौधरी शहरी विकास

काठमाडौं- नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:2