HomeNetworking

सिंगटी हाइड्रोकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट

सिंगटी हाइड्रोकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट

काठमाडाैं- सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएक

फेरी मालमाल हुने १ अर्बको आईपीओ जारी आउने?
युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
ग्रीन भेन्चर्सको शेयर ओपनिङ्ग रेञ्ज?

काठमाडाैं- सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनी शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरेको हो ।

त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाकाे हाल खाली भएका छन् ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले मेराे शेयर, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0