HomeUncategorized

ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस्ः प्रधानमन्त्री

ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस्ः प्रधानमन्त्री

काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्

एमाले पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
बडादसैँ हाम्रो मौलिक पहिचान: प्रधानमन्त्री देउवा
उड्डयन प्राधिकरणले हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने

काठमाडाै- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए।

उनले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उनी भन्छन्, “सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।”

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0