HomeNetworking

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडाै- साउन १८ गते, बुधबार, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सान

पछिल्ला दिनहरूमा बलियो हुँदै नेपाली मुद्रा
मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडाै- साउन १८ गते, बुधबार, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोही शेयर यस दिन बाँडफाँट गरिएको हो।

सो आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३९ हजार ५०५ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको हो। सोमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता बाँडफाँट गरिएको छ। अर्थात ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1