HomeCybersecurity

अर्थमन्त्री जनार्दन शर्मा आजै शपथ, सेयर बजार कस्ताे असर पर्ला?

अर्थमन्त्री जनार्दन शर्मा आजै शपथ, सेयर बजार कस्ताे असर पर्ला?

काठमाडाै- अर्थमन्त्रीको जिम्मेवारी पुनः जनार्दन शर्मालाई दिने तयारी भएको छ । आज आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रध

ओलीमाथि थप अनुशासनको कारबाही गर्ने माधव नेपालकाे तयारी
ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल चेतावनी
आजबाट सबै मतपत्र छपाइ सकिने: निर्वाचन आयोग

काठमाडाै- अर्थमन्त्रीको जिम्मेवारी पुनः जनार्दन शर्मालाई दिने तयारी भएको छ । आज आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अर्थमन्त्रीको जिम्मेवारी पुनः शर्मालाई दिनु पर्ने सुझाव दिएलगतै शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । शर्माकाे शपथ साझ राखिएकाे छ । सेयर बजार कस्ताे असर पर्ला त्याे भने आगामी दिनले बताउने छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको बिषयमा चर्को विरोध भएपछि उनले असार २२ गते राजीनामा दिएका थिए। अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएपछि उनलाई पुनः अर्थमन्त्रीको जिम्मेबारी दिने तयारी भएको हो ।

आर्थिक वष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषय बाहिर आएपछि अर्थमन्त्री जनार्दन शर्माको पार्टी भित्रै र बाहिर पनि आलोचना हुँदै आएको थियो ।

शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरुको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको आरोप लागेको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0