HomeUncategorized

८ सयको भाडालाई ३ हजारसम्म असुल्छन् यातायात व्यवसायी

८ सयको भाडालाई ३ हजारसम्म असुल्छन् यातायात व्यवसायी

काठमाडाै- कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न था

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन
पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा: नेता नेपाल
जनगणना टोली छाङरु र तिङ्करतर्फ

काठमाडाै- कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन्। कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन्।

कालिकोटबाट सुर्खेतको भाडा ८ सय रुपैयाँ भए पनि सुर्खेत आउन एक व्यक्तिको एक हजार ५ सयदेखि तीन हजारसम्म भाडा असुल्ने गरेका छन्। कालिकोटदेखि सुर्खेत जान कालिकोट नरहरिनाथ गाउँपालिका–९ का अनिल रावलले तीन हजार तिरेको बताए।

‘कोरोनाका बेला २८ प्रतिशत भाडा वृद्धि गरेको जोड्दा पनि जिपले एक हजार २५ लिनुपर्ने हो’, उनले भने। कर्णाली करिडोरअन्तर्गत कालिकोटको जितेगडाँडादेखि घाटपारि चौरसम्म जम्मा ३० किमि सडकखण्डमा लकडाउन अघिसम्म ३ सय रुपैयाँ भाडा दर भएकामा गत वर्षको लकडाउनमा ५ सय र यस वर्ष ८ सय सवारी भाडा यातायात व्यवसायी आफँैले बढाएका छन्।

सेनाले निर्माण गरेर सो सडक असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुवाहक गाडीले मात्र नभएर मालवाहक मिनी टाटा र ट्र्याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताए।

आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडा ठिकै लिएको बताउने गरेको ट्राफिक कार्यालयले जनाएको छ।

भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। ‘अनौपचारिक रूपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ,’ उनले भने, ‘औपचारिक जानकारी आए कारबाही गर्छाैं।’

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0