HomeCybersecurity

एमाले समाजवादी दर्ता पछि मन्त्रिपरिषद् विस्तार: प्रचण्ड

एमाले समाजवादी दर्ता पछि मन्त्रिपरिषद् विस्तार: प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालकाे पार्टी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।एमाले नेता

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने, यस्ताे प्रदेशसभाको जोडघटाउ?
प्रधानमन्त्रीलाई याेगेश भट्टराईकाे जवाफ, हामी नै लिस्ट पठाउँछाै कार्वाही गर्नुहाेस्
जनहितका योजना अघि बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालकाे पार्टी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बिहीबार विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0