HomeCybersecurity

नेकपामा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन, अब के हाेला?

नेकपामा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन, अब के हाेला?

काठमाडौं- निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आ

संसद भंग, सं‌विधान खारेज गर्ने प्रपञ्च हो: डा. भट्टराई
किन भीम रावल एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दैनन्?
२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं- निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

संसद विघटन लगतै प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

ओली समूहले भने केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबैको दाबी नपुगेको ठहर गरेको छ ।

यससँगै कानूनी रुपमा नेकपा एक नै मानिने छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै छन् भने केन्द्रीय कमिटी पनि दल दर्ता गर्दा कायम रहेको मात्र रहनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0