HomeCybersecurity

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने, यस्ताे प्रदेशसभाको जोडघटाउ?

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने, यस्ताे प्रदेशसभाको जोडघटाउ?

काठमाडाै- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट

ओली विरुद्ध चुनावसम्मै मोर्चाबन्दीका लागि माधव नेपालले ल्याए प्रस्ताव
नवनिर्वाचित मेयर बालेन्द्र शाह शपथ भाेली सोमबार
वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात बन्द

काठमाडाै- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

प्रदेशसभाको जोडघटाउ हेर्ने हाे मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ आवश्यक हुन्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0