HomeAI & ML

कंगना रनावतकाे ‘थलाइवी’ ओटीटीबाट मात्रै ५५ करोड

कंगना रनावतकाे ‘थलाइवी’ ओटीटीबाट मात्रै ५५ करोड

काठमाडाै- बलिउड नायिका कंगना रनावत अभिनित बहुप्रतीक्षित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । यो चलचित्र भोलीबाट सिनेमा हलमा

‘मिस वर्ल्ड’मा भाग लिन अमेरिका उडिन् मिस नेपाल नम्रता श्रेष्ठ
प्रकाश सपूतकाे सन्देश ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

काठमाडाै- बलिउड नायिका कंगना रनावत अभिनित बहुप्रतीक्षित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । यो चलचित्र भोलीबाट सिनेमा हलमा रिलिज हुँदैछ । केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद टुंगिएको छ । योसँगै चलचित्र अब ओटीटी प्लेटफर्ममा पनि रिलिज हुने भएको छ ।

यो चलचित्रलाई नेटफिलक्सको साथै अमेजन प्राइमले खरिद गरेका छन् । यी दुबै प्लेटफर्ममा यो चलचित्र एकसाथ रिलिज हुनेछ । चलचित्रका निर्मातालाई ओटीटीबाट ५५ करोड रुपैयाँ आम्दानी भएको छ । यो चलचित्र भारतको महाराष्ट्रमा भने रिलिज हुनेछैन । महाराष्ट्र सरकारले अझै पनि हल खोल्नका लागि अनुमती दिएको छैन ।

नायिका कंगना रनावतले महाराष्ट्र सरकारसँग हल खोल्न आग्रह गरेकी छिन् । यो चलचित्र हलमा रिलिज भएको २ सातापछि ओटीटीमा रिलिज हुनेछ । यो चलचित्रमा कंगनाले भारतकी राजनीतिज्ञ जयललिताको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रलाई समिक्षकले उच्च रेटिङ दिएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0