HomeAI & ML

किन पक्राउ परिन विमानस्थलबाट दुबई जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन?

किन पक्राउ परिन विमानस्थलबाट दुबई जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन?

काठमाडाै- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छन्। एक शोका लागि दुबई जान लागेकी अभिनेत्री फर्नान्डेज मनी लान्ड्रिङ मुद

नेपाल प्रवेश गर्न नदिएपछि अमेरिका नै फर्किए भ्वाइस विजेता किरण गजमेर
के हाे भ्यालेन्टाइन्स डे? विश्वभर रातो गुलाबको फूल उपहार
मिस युनिभर्स नेपाल २०२१ बनिन् सुजिता बस्नेत

काठमाडाै- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छन्। एक शोका लागि दुबई जान लागेकी अभिनेत्री फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा आइतबार विमानस्थलबाटै पक्राउ परेकी हुन्।

भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाटै नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर गरेको छ।

अनुसन्धानको क्रममा केन्द्रीय एजेन्सीले सुकेश र अभिनेत्री ज्याकलिन फर्नान्डेजबीच आर्थिक लेनदेनको प्रमाण फेला पारेको थियो। प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई १० करोडभन्दा बढीको महंगो उपहार दिएका थिए। महंगो उपहारमा गहना, हिराका गहना सेट, क्रोकरी, ४ पर्सियन बिरालो (एउटा बिरालाको करिब ९ लाख रूपैयाँ) र ५२ लाख रूपैयाँको घोडा समावेश छ। सुकेशले ज्याकलिनका दाजुभाइलाई पनि मोटो रकम पठाएका थिए। प्रहरीले उनलाई अनुसन्धान चलिरहेकाले विदेश जान रोकिएको बताएको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:2