HomeAI & ML

मिस युनिभर्स नेपाल २०२१ बनिन् सुजिता बस्नेत

मिस युनिभर्स नेपाल २०२१ बनिन् सुजिता बस्नेत

काठमाडाै- यस बर्षकाे ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि उचालेकी हुन् । मिस युनिभर्स वि

किन हुन्छ प्रकाश सपूतकाे सबै गित सुपर हिट?
जीवनको नयाँ अध्याय सुरू गर्न भन्दै भिनेता आमिर खान र पत्नी किरणले गरे सम्बन्ध विच्छेद
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

काठमाडाै- यस बर्षकाे ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि उचालेकी हुन् । मिस युनिभर्स विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी​ थिइन् ।

मिस युनिभर्स कार्यक्रम राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0