HomeNews & Trends

नारायणहिटी परिसरमा बतासले बनाएको संरचना भत्काउन थालियो

नारायणहिटी परिसरमा बतासले बनाएको संरचना भत्काउन थालियो

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै

किन भयाे किशोरकी प्रेमि लक्ष्मी गदाललाई वाग्लेद्वारा आक्रमण?
लाइसेन्सकाे परिक्षामा ८० अङ्क ल्याउनुपर्ने, नयाँ व्यस्था के छ?
अघिल्लाे सरकारले बढाएकाे सामाजिक सुरक्षा भत्ता कार्यान्वयन हुने

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार संग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

उनकाअनुसार आज पहिलो दिन अधिकांश संरचना भत्काइएको छ । बाँकी केही भत्काउने तयारीमा छन् । क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ ।

समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिए । समितिले ती विवदित संरचना भत्काउनका लागि १२ जना कामदार खटाएको जनाएको छ । समितिले सङ्ग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो । -रासस

COMMENTS

WORDPRESS: 0
    DISQUS:0