HomeNetworking

नेष्डो समृद्ध लघुवित्तको आईपीओ कति दिने आवेदन?

नेष्डो समृद्ध लघुवित्तको आईपीओ कति दिने आवेदन?

काठमाडाै- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात फागुन ११ आज गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले ८ करोड २८ ला

अब पेट्रोल प्रतिलिटर १४५, मूल्यमा नयाँ रेकर्ड
बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो
वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द

काठमाडाै- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात फागुन ११ आज गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो।

लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। सो आइपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:3