HomeAI & ML

चलचित्र नायक शाहविरुद्ध गायिकाले दिइन् प्रहरीमा उजुरी

चलचित्र नायक शाहविरुद्ध गायिकाले दिइन् प्रहरीमा उजुरी

पोखरा- नेपाली संगित क्षेत्रीकी गायिका द्वारा नेपाली चलचित्रका कलाकार पल शाहविरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दर्ता भएकाे छ । उनले

कोमल वली द्वारा रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मुद्दा दायर
बिश्वकै ठुलो फिल्म अवार्ड “९३ औं ओस्कर अवार्ड” को मनोनयन सार्वजनिक (सम्पुर्ण उत्कृष्ट सुची सहित)
गायक प्रकाश सपुतकाे नयाँ गित ‘नभन विदेशी’ ट्रेन्डिङमा

पोखरा- नेपाली संगित क्षेत्रीकी गायिका द्वारा नेपाली चलचित्रका कलाकार पल शाहविरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दर्ता भएकाे छ । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला नायक शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लगाइएकाे छ ।

गायिका नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

कानुनमा के छ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0