HomeSoftware

२१ वर्षीय सन्दीप लामिछानेकाे कप्तानमा पहिलाे उपाधि

२१ वर्षीय सन्दीप लामिछानेकाे कप्तानमा पहिलाे उपाधि

काठमाडौं- नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जितेकाे छ । दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर उपाधि जिते

महिला टी २० विश्वकप एसिया छनोट: नेपाल पहिलो खेलमा पराजित
क्रिकेट: कुन खेलाडी कुन श्रेणीमा, कति हुन्छ तलब?
पारस खड्का भन्छन् यी कुराहरू मिस गर्छु

काठमाडौं- नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जितेकाे छ । दीपेन्द्र सिंह ऐरीले सानदार अलराउण्ड प्रदर्शन गरेपछि नेपालले अपराजित रहेर उपाधि जितेकाे हाे । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सन्दिप लामिछानेकाे कप्तानिमा च्याम्पियन बनेको हो ।

नेपाली क्रिकेटमा २१ वर्षीय कप्तान सन्दीप लामिछानेले टिमको कमान्ड सम्हालेपछि नेपालले जितेको यो पहिलो श्रृंखला हो । नेपाल, मलेसिया र पीएनजी सम्मिलित श्रृंखलामा नेपालले खेलेको सबै ५ खेल जित्यो । गत साता पीएनजी विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला गुमाएको नेपालले टी-२० श्रृंखला जित्दै त्यसको बदला समेत लियो लिएकाे थियाे।

खेलकाे फाइनलमा दीपेन्द्रले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले अविजित ५४ रन बनाएपछि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १६८ रन बनाएको थियो । दीपेन्द्रले ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११८ रनमा अलआउट भयो । दीपेन्द्र प्लेअर अफ दी सिरिज घोषित भए । दीपेन्द्रले टी२० श्रृंखलामा एक शतक र दुई अर्धशतक प्रहार गरे । यस श्रृंखलामा नेपालका विकेटकिपर ब्याट्सम्यान दीलिप नाथ र अलराउण्डर आदिल अन्सारीले डेब्यु गरे ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0