HomeNews & Trends

काउलीमा भेटियो खान नहुने विषादी

काउलीमा भेटियो खान नहुने विषादी

काठमाडाै- देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान

रवि लामिछाने अब आफ्नै ग्यालेक्सी टिभीमा, के के छन् कार्यक्रम?
नेपाल प्रतिबद्धता अनुसार आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने
फेरि बल्यो मनाङको जङ्गलमा आगो, अझै निभेन

काठमाडाै- देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।

कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0