HomeNews & Trends

सन्दीप लामिछानेविरुद्ध करणीको मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

सन्दीप लामिछानेविरुद्ध करणीको मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं- नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वक

लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति
आम नागरिकले खोप पाएका छैनन्, मन्त्री निवास सजाउन २४ करोड
दसैंमा घर जाने हो ? १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं- नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले मिडियालाई बताए ।

नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो । सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको थियो ।

संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएको नेउपानेले बताए ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1