HomeNews & Trends

अब पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

अब पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

काठमाडाै- पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वच

पाँचौँ मोदीको भ्रमण सम्बन्ध विस्तारमा सफल
क्रिकेट रङ्गशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन
लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति

काठमाडाै- पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो ।

स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सरकार को आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोही अनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सके को थिएन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको बताए ।

समाचार गोरखापत्र दैनिकमाबाट।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0