HomeNews & Trends

रबि लामिछानेकाे पार्टी सरकारमा जाने मन्त्रालय भोलि टुंगो लाग्ने

रबि लामिछानेकाे पार्टी सरकारमा जाने मन्त्रालय भोलि टुंगो लाग्ने

काठमाडाै- रबि लामिछानेकाे पार्टी सरकारमा जाने भएकाे छ । बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

अब तत्काल लाइसेन्स चाहिए अनलाइन आवेदन दिन सकिने?
प्रदर्शनमा सहभागी नै भागरथीको हत्यारा भएकाे पुष्टी, ११ बजे सार्वजनिक गर्ने
स्थानीय तह : बजेटमा सधैँ अटेरी

काठमाडाै- रबि लामिछानेकाे पार्टी सरकारमा जाने भएकाे छ । बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको हाे ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएको छ । उनका अनुसार पार्टी सरकारमा जाने मोटामोटी सहमती भएको छ । उनले भने, ‘सरकारमा जाने मोटामोटी सहमती भएको छ । तर, अब मन्त्रालयको विषयमा भने टुंगो लगाउन बाँकी छ ।’

रास्वपाले मन्त्रालयको विषयमा भोलिसम्म टुंगो लगाउने उनले बताएकाे छ । उनले भने, ‘सरकारलाई समर्थन गर्ने र सरकारमा जाने विषय आज टुंगियो । मन्त्रालयको विषय पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लाग्छ ।’ अब रबि लामिछाने मिडियाकर्मी मन्त्री बन्ने पक्का भएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0