HomeNews & Trends

कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

पत्रपत्रिका-आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएक

जेठ ३१ गतेसम्म निषेधाज्ञा, के के गर्न पाइने?
सिंहदरबारमा भीड कम: काम चुस्त, कर्मचारी व्यस्त
अब पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

पत्रपत्रिका-

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् ।

रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0