HomeCybersecurity

संसद विघटन मुद्दामा सर्वोच्चकाे पहिलाे आदेश

संसद विघटन मुद्दामा सर्वोच्चकाे पहिलाे आदेश

काठमाडाै- सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी रिट निवेदकले मागेबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनि ७ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दि

संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव
दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीमा रविको ‘कम ब्याक’
घटनामा संलग्नलाई तत्काल कारबाही गर्न भारतसँग नेपालकाे माग

काठमाडाै- सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी रिट निवेदकले मागेबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनि ७ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ।

सर्वोच्चले दुई दिन भित्रमा म्याद तामेली गराउन भनेको छ। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका १४६ जना सांसदका तर्फबाट दायर रिटमाथि बुधबार सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।

निवेदकले निर्वाचनका कार्यक्रम रोक्न र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न लगायतका अन्तरिम आदेश दिन माग गरेपनि सर्वोच्चले त्यो भने अस्वीकार गरेको छ।

निवेदकका तर्फबाट बुधबार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र महादेव यादवले बहस गरेका थिए।

 

फैसला हेर्न तल जानुहाेस् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0