HomeAI & ML

करणीको अभियोग लागेका पल शाह पक्राउ परे

करणीको अभियोग लागेका पल शाह पक्राउ परे

काठमाडाै- जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि नियन्त

भुकम्पले बिदेश जान रोकिएका प्रदिप कसरी बने नेपाली फिल्मका सुपरस्टार? (जन्मदिन बिशेष)
जीवनको नयाँ अध्याय सुरू गरेका छौं: केकी अधिकारी
नेपाल प्रवेश गर्न नदिएपछि अमेरिका नै फर्किए भ्वाइस विजेता किरण गजमेर

काठमाडाै- जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह आइतवार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि नियन्त्रणमा लिइएको हो।

शाह लाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताएका छन्। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिका बलात्कार आरोपमा गयिकाकाे बुवाले जाहेरी दर्ता गराएकी थिइन्। गत बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो। तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं पुगेका हुन्।

पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो। थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडिएको छ। पल शाह पक्राउ गरेपछि अनुसन्धान अगाडी बढ्ने प्रहरीले जनाएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0