HomeAI & ML

जीवनको नयाँ अध्याय सुरू गरेका छौं: केकी अधिकारी

जीवनको नयाँ अध्याय सुरू गरेका छौं: केकी अधिकारी

काठमाडाै- अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन्। एक बर्ष देखिकाे प्रेमी रोहित तिवारीसँग उनले बिहीबार विवाह गरेकी हुन्। केकी र रोहित दुवैल

सलमान खान काठमाडौं आउँदै
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)
पपुलर नायक नायिकामाअनमोल र साम्राज्ञि, काे बने सर्बोत्कृष्ट?

काठमाडाै- अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन्। एक बर्ष देखिकाे प्रेमी रोहित तिवारीसँग उनले बिहीबार विवाह गरेकी हुन्। केकी र रोहित दुवैले विवाहबारे नखुलाए पनि बुधबार साँझ सामाजिक सञ्जालमा विवाहकाे तस्बिर बाहिरिएको थियो।

बुधबार दिउँसोदेखि नै उनीहरूको विवाह भएको विषयमा चर्चा भएको थियो। उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए। बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको बताएकी छन्। उनले दर्शकसमक्ष विवाहको समाचार बाँड्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको समेत बताएकी छन्।

उनले भनेकी छन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु।

जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं। यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0