HomeUncategorized

मौसमले साथ ४८० जनाले गरे सगरमाथाको आरोहण

मौसमले साथ ४८० जनाले गरे सगरमाथाको आरोहण

काठमाडाै- यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले सा

५ अर्ब रूपैयाँ मूल्यकाे युरेनियमसहित ४ ब्यक्ति पक्राउ
मूर्ति चोरी गरी ठमेलबाट डल्लुतर्फ जाँदै गर्दा दुईजना पक्राउ
के हाे निर्वाचन आयोग र सरकारबीचकाे द्वन्द्व?

काठमाडाै- यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ। अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ।

विभागका पर्वतारोहण शाखा अधिकृत भीष्मराज भट्टराईका अनुसार जारी सिजनमा साना हिमाल आरोहण गर्ने अधिकांशले आरोहण पूरा गरिसकेका छन् भने सगरमाथा आरोहण पनि अघिल्ला वर्षको तुलनामा सुरक्षित र समयमै सम्पन्न हुन लागेको छ। अहिलेको तयारीअनुसार अब कसैले अनुमति नलिए मे २८ भित्र सगरमाथा आरोहण सकेर डोरी निकाल्ने काम सम्पन्न हुनेछ।

यो सिजनमा विभिन्न २७ हिमाल आरोहणका लागि १२३ समूहका ९६८ आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथा हिमाल आरोहणका लागि ४२ आरोही समूहका ३१९ आरोहीले अनुमति लिएका हुन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0