HomeNetworking

सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए, नेप्से परिसूचक दुई हजारमा

सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए, नेप्से परिसूचक दुई हजारमा

काठमाडाै- पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा
२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन, मूल्यसमेत खुलाइएन

काठमाडाै- पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ।

यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ। गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ सय नजिक पुगेको बजार अहिले दुई हजारको बिन्दुमा पुगेको हो। केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढाएको देखिएको भन्दै प्रतिवेदन अर्थ मन्त्रालयमा बझाएपछि सेयर बजारमा ठूलो तरङ्ग पैदा भएको थियो । त्यसपछि पनि सम्हालिँदै गरेको बजार चालू आर्थिक वर्षको मौद्रिक नीति गत साउन २९ गते आएपछि घट्न थालेको हो। याे समाचार गोरखापत्र दैनिकमा समाचार छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1